समाज
नुवाकोटमा मोटरसाइकल १०० मिटर तल खस्यो, तीन जनाको मृत्य
सोमबार कार्तिक २३, २०८३/ Monday 11-09-26
त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल खड्कथोकमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी इकबाल हवारीले जानकारी दिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको खनियाबासका ४७ वर्षीय बुद्धिमान तामाङ तथा विदुर–१३ का २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।
प्रहरीका अनुसार उक्त मोटरसाइकलले भाडामा यात्रु ओसारपसार गर्ने गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
तपाईको प्रतिक्रिया