काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो ।
पोखराका युभराज सामराले शतकीय पारी खेल्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए । कप्तान कुशल भुर्तेलले ३९ बलमा सात छक्काको मद्दतले ६२ रन जोडे ।
त्यस्तै कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित ३५ रन बनाए।
कर्णालीका सोमपाल कामीले दुई तथा मार्क वाटले एक विकेट लिए । २१८ रनको लक्ष्य पछ्याउँदै कर्णाली अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
तपाईको प्रतिक्रिया