बुधबार २७ श्रावण २०८३
अर्थ

नेप्सेमा सामान्य सुधार, चार अर्ब ११ करोडको कारोबार

मंगलबार श्रावण २६, २०८३/ Tuesday 08-11-26

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.७९ अंक अर्थात् ०.०३ प्रतिशतले उकालो लाग्दै २,६४१.८५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

मंगलबार ३४० कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर कारोबार भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६७४ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।

कारोबार भएका कम्पनीमध्ये १३४ वटाको सेयर मूल्य बढ्दा १२१ कम्पनीको मूल्य घटेको छ। यस्तै, २० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन।

मंगलबार अपर लोहोरे हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४३६.६० रुपैयाँ पुगेको छ।

यस दिन महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ। कम्पनीको सेयर मूल्य १४.९१ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३७० रुपैयाँमा झरेको छ।

कारोबार रकमका हिसाबले सोल्टी होटेल अगाडि रह्यो। कम्पनीको ४४ करोड ८७ लाख ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यस्तै, रुरु जलविद्युत परियोजनाको ३३ करोड ६७ लाख रुपैयाँ तथा ङादी ग्रुप पावरको १७ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

तपाईको प्रतिक्रिया