बुधबार २७ श्रावण २०८३
समाज

भेरी नदीमा जिप खस्दा चालकसहित दुईजना बेपत्ता

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

सुर्खेत । सुर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन्।

लु १ ज ३०२२ नम्बरको जिप बालुवासङ्ग्रहीबाट सल्लिवजारतर्फ फर्कने क्रममा लहरेबगरनजिक अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

दुर्घटनामा जिप चालक र एक यात्रु बेपत्ता भएका छन् भने जिपमा सवार अन्य दुई जना पौडी खेलेर सकुशल बाहिर निस्कन सफल भएका छन्।

उक्त जिप सल्लिवजार–खैरागार–सागिने–खार्वन रुटमा नियमित सञ्चालन हुँदै आएको बताइएको छ। काम विशेषले बालुवासङ्ग्रही पुगेका चालक फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ।

बेपत्ता चालक र यात्रुको खोजी कार्य जारी रहेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया