बुधबार २७ श्रावण २०८३
बिजनेस

सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढ्यो

बुधबार श्रावण २७, २०८३/ Wednesday 08-12-26

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। छापावाल सुनको भाउ प्रतितोला ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले बढेको छ। महासङ्घका अनुसार आज चाँदी प्रतितोला ४ हजार ७ सय ४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ४ सय अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६५ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया