आइतबार ३१ श्रावण २०८३
समाज

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

आइतबार श्रावण ३१, २०८३/ Sunday 08-16-26

काठमाडौँ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो हटाएपछि नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०ः२५ बजे रुखसहित सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६ः१५ बजेदेखि सडकमा सवारी आवागमन सहज भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सडक सञ्चालनमा आएसँगै रातभर रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

 

तपाईको प्रतिक्रिया