सोमबार १ भदौ २०८३
बिश्वो

रुस–युक्रेन युद्ध थप भीषण, दुवैतर्फ १४ जनाभन्दा बढीको मृत्यु

सोमबार भदौ १, २०८३/ Monday 08-17-26

काठमाडौँ । रुस–युक्रेन युद्ध थप उग्र बनेको छ। युक्रेनले रुसमाथि ८०० भन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। आक्रमणमा मोस्को क्षेत्रसहित रोस्तोभमा जनधनको क्षति भएको छ भने वाइल्डबेरीजको विशाल लजिस्टिक गोदाममा आगलागी भएको छ।

युक्रेनी सेनाका अनुसार रोस्तोभमा रुसी रक्षा उद्योगसँग सम्बन्धित प्रतिष्ठानलाई लक्षित गरी आक्रमण गरिएको हो।

यता, रुसले पनि किभसहित युक्रेनका प्रमुख सहरमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेको छ। पछिल्लो एक सातामा रुसले १ हजार ५५० भन्दा बढी ड्रोन, १ हजार ५६० निर्देशित बम र ६२ क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन्।

दुवैतर्फका पछिल्ला आक्रमणमा १४ जनाभन्दा बढीको मृत्यु भएको र दर्जनौँ घाइते भएको बीबीसीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया