समाज
भारतीय प्रधानसेनापतिलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान
सोमबार भदौ १, २०८३/ Monday 08-17-26
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्पराअनुसार सेठलाई पनि यो सम्मान प्रदान गरिएको हो।
दुवै देशका सेना प्रमुखलाई पारस्परिक रूपमा मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि कायम छ। सेठको नेपाल भ्रमणले यही सैन्य परम्परालाई निरन्तरता दिएको छ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ तीन दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन्।
तपाईको प्रतिक्रिया