काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तथा पदाधिकारी चयनलाई अघि बढाउने भएको छ। पार्टी सभापति रवि लामिछानेले भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्।
बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनसम्बन्धी प्रस्ताव पेस गरी अनुमोदन गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।
पार्टीमा हाल एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष पदमा मनोनयन हुन बाँकी छ। त्यस्तै, २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्यसमेत मनोनयन गर्ने तयारी रहेको छ।
बैठकका लागि केन्द्रीय सदस्यहरूलाई आवश्यक जानकारी गराइसकिएको पार्टीले जनाएको छ।
यसअघि साउन १३ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले बालेन शाहलाई वरिष्ठ नेता बनाउने प्रस्ताव पारित गरेको थियो।
तपाईको प्रतिक्रिया