काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
श्रेष्ठलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
तपाईको प्रतिक्रिया