मंगलबार २ भदौ २०८३
राजनीति

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

मंगलबार भदौ २, २०८३/ Tuesday 08-18-26

काठमाडौँ । प्रतिनिधिसभामा आगामी भदौ १० गते बुधबार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’सँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको जानकारी गराउनुभएको हो। उहाँले प्रधानमन्त्री शाहलाई संसद् बैठकमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन ‘रुलिङ’ समेत गर्नुभएको छ।

गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिपछि सांसदहरूले उहाँलाई संसद्मा उपस्थित भएर स्पष्टीकरण दिन माग गर्दै आएका थिए।

सभामुख अर्यालले विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन ‘रुलिङ’ गरिएको बताउनुभयो।

प्रश्न गर्न चाहने सांसदहरूले यही शुक्रबार दिउँसो १ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रूपमा बुझाउन सक्नेछन्।

 

तपाईको प्रतिक्रिया