बुधबार ३ भदौ २०८३
समाज

बालेनले सुनेन भन्दै गुटेरेसलाई गुहार्दै सहकारीपीडित

मंगलबार भदौ २, २०८३/ Tuesday 08-18-26

काठमाडौं। सहकारी तथा लघुवित्तपीडितले आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको प्राङ्गणमा पाँच दिनदेखि धर्ना जारी राखेका छन्।

नागरिक बचाऔँ महाअभियानको नेतृत्वमा आन्दोलनरत पीडितले सरकारले आफ्ना समस्या बेवास्ता गरेको भन्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको ध्यानाकर्षण गराएका छन्।

धर्नास्थलमा ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’ र ‘नेपालले देखेन, संयुक्त राष्ट्र संघले देखोस् हाम्रो पीडा’ लगायतका प्लेकार्ड राखिएका छन्।

पीडितले २०८२ माघमा तत्कालीन सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै साउन २९ गते मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएका थिए। त्यसयता उनीहरू आयोग परिसरमा धर्नामा छन्।

तपाईको प्रतिक्रिया