मन्त्री र सांसदबीचको असमझदारीबारे रास्वपाले आज छलफल गर्ने
काठमाडौं । सरकार र पार्टीका सांसदबीच बढ्दै गएको असमझदारीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीसहित संसदीय दलको बैठकमा छलफल गर्ने भएको छ।
बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीलाई आवश्यक निर्देशन दिने बताइएको छ।
बैठकमा पछिल्ला गतिविधिको समीक्षा गर्दै संसदीय अनुशासन र सांसदहरूको अभिव्यक्ति तथा सार्वजनिक गतिविधिबारे छलफल हुने एक नेताले जानकारी दिए। अनुशासनसम्बन्धी प्रश्न उठेका सांसदलाई सचेत गराउने तयारीसमेत रहेको बताइएको छ।
यसैबीच, मंगलबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। सभामुख डीपी अर्यालले संसदीय मर्यादा कायम गर्न सचेत गराउँदै उनलाई बोल्ने समय नदिएपछि तामाङ बैठकबाट बाहिरिएकी थिइन्।
तपाईको प्रतिक्रिया