समाज
सिद्धबाबा सुरूङमार्ग नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध
बुधबार भदौ ३, २०८३/ Wednesday 08-19-26
काठमाडौं। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्ग नजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुरुङमार्गको पाल्पातर्फको प्रवेश बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको हो।
पहिरो हटाउन प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिक प्रहरीसहित पाँच जनाको टोली परिचालन गरिएको छ। तर, पहिरो निरन्तर खसिरहेका कारण हटाउने काम सुरु हुन सकेको छैन।
पहिरो खस्ने क्रम रोकिएलगत्तै सडक खुलाउन काम सुरु गरिने प्रहरीले जनाएको छ। पहिरो हटाउन जेसिबी तयारी अवस्थामा राखिएको छ।
तपाईको प्रतिक्रिया