बुधबार ३ भदौ २०८३
राजनीति

प्रचण्डको स्वकीय सचिवमा केशव रावल नियुक्त

बुधबार भदौ ३, २०८३/ Wednesday 08-19-26

काठमाडौं । पूर्वप्रधानमन्त्री, नेकपा संयोजक तथा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवमा केशव रावल नियुक्त भएका छन्।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–८ निवासी रावललाई प्रचण्डले साउन ५ गते स्वकीय सचिव नियुक्त गरेका थिए। नियुक्तिसम्बन्धी पत्र रावलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

जिम्मेवारी पाएसँगै रावलले देश, जनताको सेवामा निरन्तर सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया