बुधबार ३ भदौ २०८३
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

बुधबार भदौ ३, २०८३/ Wednesday 08-19-26

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा भट्टको पक्षमा ४१ मत परेको हो।

सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेपछि भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन्।

नेकपाका २० जना तथा उपसभामुखसहित एमालेका ११ प्रदेश सभा सदस्यले भट्टको पक्षमा मतदान गरेका थिए। एमालेको समर्थनमा भट्ट गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

तपाईको प्रतिक्रिया