काठमाडौँ । साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य घटेको छ। नेप्से ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा पुगेर बन्द भएको हो।
बुधबार ३४६ कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमा ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ११० कम्पनीको सेयरमूल्य बढ्दा १५० कम्पनीको घटेको छ भने १८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
कारोबार रकमका आधारमा साहस ऊर्जा लिमिटेड अगाडि रहेको छ। कम्पनीको १७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, सोलु हाइड्रोको १६ करोड ८८ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल लिमिटेडको १५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
तपाईको प्रतिक्रिया