बिजनेस
एलपी ग्यासको आपूर्ति सहज हुँदै, केही दिनमै समस्या समाधान हुने सरकारको दाबी
बुधबार भदौ ३, २०८३/ Wednesday 08-19-26
काठमाडौँ । सरकारले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै गएको जनाएको छ।
बुधबार सिंहदरबारमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत विभिन्न स्थानमा ग्यास सिलिन्डर वितरण भइरहेको जानकारी दिए।
उनका अनुसार केही उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्दा कतिपय स्थानमा अभाव देखिएको हो। सरकारले आपूर्ति प्रणाली व्यवस्थित गर्न पहल गरिरहेको भन्दै उनले केही समयभित्रै ग्यासको आपूर्ति पूर्ण रूपमा सहज हुने बताए।
तपाईको प्रतिक्रिया