बिहीबार ४ भदौ २०८३
राजनीति

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको संसदीय दलको विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दैछ।

दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

रास्वपाले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा बुधबार १५ सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो। कार्यदलमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ सदस्य छन्।

 

तपाईको प्रतिक्रिया