बिहीबार ४ भदौ २०८३
अर्थ

नेप्से ७ अंकले बढ्यो, कारोबार साढे ४ अर्ब नजिक

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले वृद्धि भएको छ। कारोबारको अन्तिमतिर बजार सम्हालिएसँगै नेप्से २६२९.४० विन्दुमा पुगेर बन्द भएको हो।

बजार बढे पनि सेयर मूल्य वृद्धि र गिरावट हुने कम्पनीको संख्या बराबर रह्यो। बिहीबार १३२ कम्पनीको सेयर मूल्य बढ्दा समान १३२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

दिनभर ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कुल ९५ लाख कित्ता सेयर ४७ हजारभन्दा बढी पटक खरिद–बिक्री भएको नेप्सेले जनाएको छ।

बिहीबार माउन्ट एभरेष्ट पावर, सर्वोत्तम पेन्ट्स, एनआईसी एसिया सेलेक्ट फन्ड, मान्डु हाइड्रो र सानिमा मिडिल तमोर हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले तुलनात्मक रूपमा राम्रो प्रतिफल पाएका छन्।

उपसमूहतर्फ बैंकिङ, जलविद्युत्, लगानी, जीवन बिमा, उत्पादन तथा प्रशोधन र अन्य समूहका सूचक बढेका छन्। बाँकी समूहका सूचक भने घटेर कारोबार बन्द भएका छन्।

तपाईको प्रतिक्रिया