बिहीबार ४ भदौ २०८३
राजनीति

रास्वपाकाे ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि सुरु हुँदैछ। कार्यक्रमअन्तर्गत सरकारमा रहेका मन्त्रीहरूलाई पार्टी कार्यालयमा बोलाएर नागरिक तथा नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गराइनेछ।

कार्यक्रमको पहिलो दिन रास्वपा उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टी कार्यालय, चमतीमा सहभागी हुने भएका छन्।

रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सर्वसाधारणले आफ्ना समस्या, गुनासा, सुझाव र अपेक्षा मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न पाउनेछन्। दोस्रो चरणमा नागरिकबाट प्राप्त सुझाव तथा उठाइएका विषयमाथि मन्त्री, सांसद र पार्टीको केन्द्रीय नेतृत्वबीच समसामयिक एवं नीतिगत छलफल गरिनेछ।

पार्टीले नागरिकसँग प्रत्यक्ष संवादमार्फत प्राप्त सुझावलाई नीति निर्माण तथा नेतृत्व तहको छलफलमा समेट्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

तपाईको प्रतिक्रिया