राजनीति
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो
बुधबार भदौ १७, २०८३/ Wednesday 09-02-26
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीले आगामी २० भदौ, शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने जनाएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा दुई वटा प्रमुख विषयमा छलफल हुने तय भएको छ। उनका अनुसार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट सिर्जित विपद् र कांग्रेसको १५औँ महाधिवेशन बैठकका मुख्य एजेन्डा रहेका छन्।
बाढीबाट भएको क्षति तथा राहत र व्यवस्थापनका विषयमा छलफल गर्नुका साथै आगामी महाधिवेशनको तयारी र त्यससँग सम्बन्धित विषयमा समेत बैठकमा विचार-विमर्श हुने जनाइएको छ।
तपाईको प्रतिक्रिया