समाज
भोटेकोसी बाढीमा मृतकको संख्या १ हजार २२२ पुग्यो, ४ हजार ८७५ बेपत्ता
बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26
काठमाडौं । भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार राति ८ बजेसम्म ३८ बालक, ४३ बालिका, ४०६ पुरुष र २३६ महिलाको शव फेला परेको छ। यस्तै, ४२१ आंशिक अंग र ८२ जनाको विवरण खुल्न नसकेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि अझै ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीको विवरणमा उल्लेख छ।
तपाईको प्रतिक्रिया