काठमाडौँ । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ७ः१५ बजे मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा सुरु हुनेछ।
पहिलो खेलमा बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ। नेपालले मलेसियाविरुद्ध पछिल्ला पाँच एकदिवसीय खेलमा हार बेहोरेको छैन। हालैका दुई अभ्यास खेलमा पनि नेपाल विजयी भएको थियो।
१० टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै छ। समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताको विजेताले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउनेछ।
नेपालले समूह चरणको तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।
तपाईको प्रतिक्रिया