बिहीबार १८ भदौ २०८३
खेलकुद

करणको उत्कृष्ट बलिङसंगै मलेसिया १०३ रनमा अलआउट, नेपाललाई १०४ रनको लक्ष्य

बिहीबार भदौ १८, २०८३/ Thursday 09-03-26

काठमाडौँ। एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई १०३ रनमै अलआउट गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरले ३२.३ ओभरमै समेटेका हुन्। नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए। उनले ७.३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चिए।

करणबाहेक ललितनारायण राजवंशीले दुई तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।

बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भएको खेलमा मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहिदले २४ रन जोडे। अन्य ब्याट्सम्यानले भने नेपाली बलिङ आक्रमणसामु ठूलो साझेदारी गर्न सकेनन्।

अब नेपालले जितका लागि १०४ रनको लक्ष्य पछ्याउनेछ।

प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जितको खोजीमा छ।

 

तपाईको प्रतिक्रिया