बिहीबार २५ भदौ २०८३
समाज

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा निगमले एक महिनासम्म शुल्क नलिने

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशबाट नेपाल पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने आफ्नो शुल्क एक महिनाका लागि छुट गर्ने भएको छ।

निगमले विपद्बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो निर्णय गरिएको जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्रीको ढुवानीमा यो सहुलियत लागू हुनेछ।

राहत सामग्री पठाउँदा सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्र पेस गर्नुपर्ने निगमले जनाएको छ। आवश्यक प्रक्रिया पूरा भएका सामग्रीमा निगमसँग सम्बन्धित ढुवानी शुल्क छुट दिइनेछ।

प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री विदेशमा रहेका नेपाली, विभिन्न संघसंस्था तथा सहयोगी निकायबाट नेपाल पठाउने क्रम बढिरहेका बेला निगमको निर्णयले राहत सामग्री ढुवानीलाई सहज बनाउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया