बिहीबार २५ भदौ २०८३
समाज

भोटेकोशी बाढीमा मृत्यु भएकाको पहिचान गर्न डीएनए परीक्षण तीव्र

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

रुपन्देही ।  भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकको शव पहिचानका लागि नेपाल प्रहरीले डीएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ।

शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक फरेन्सिक विधिमार्फत नमुना परीक्षण गरिरहेको जनाएको छ। सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा बाढी प्रभावित क्षेत्रबाट प्राप्त मृतकका नमुना तथा आफन्तबाट सङ्कलित नमुनाको परीक्षण भइरहेको छ।

प्रहरीका अनुसार नमुना सङ्कलनदेखि भण्डारण र परीक्षणसम्म वैज्ञानिक मापदण्ड तथा आधुनिक प्रविधि प्रयोग गरिएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज तथा उद्धारसँगै शव पहिचानलाई पनि उच्च प्राथमिकतामा राखिएको बताए।

प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतकका नमुना र सम्भावित आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी छ। उनका अनुसार नमुना सुरक्षित रूपमा भण्डारण गरी निर्धारित मापदण्डअनुसार डीएनए परीक्षणका लागि टोली निरन्तर खटिएको छ।

 

तपाईको प्रतिक्रिया