बिहीबार २५ भदौ २०८३
राजनीति

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा कोषको नेपाली रुपैयाँतर्फ ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ मौज्दात रहेको छ ।

यस्तै, कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ । नेपाली रुपैयाँ र अमेरिकी डलरमा रहेको रकमलाई जोड्दा कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ बराबरको रकम उपलब्ध रहेको छ ।

भदौ २५ गते मात्रै कोषमा नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ रुपैयाँ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप रकम संकलन भएको छ ।

यसैबीच, केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया