बिहीबार २५ भदौ २०८३
समाज

रसुवामा सुख्खा पहिरो खस्दा वैकल्पिक सडक अवरुद्ध, यात्रु अलपत्र

बुधबार भदौ २४, २०८३/ Wednesday 09-09-26

काठमाडौँ । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक बुधबार साँझ सुख्खा पहिरो खसेपछि वैकल्पिक सडक अवरुद्ध भएको छ ।

बाढीका कारण पासाङल्हामु राजमार्गको विभिन्न स्थानमा सडक कटान भएपछि नुवाकोट र रसुवाबीच आवतजावतका लागि प्रयोग हुँदै आएको उक्त वैकल्पिक सडकमा पहिरो खसेको हो ।

सडक अवरुद्ध भएपछि राहत सामग्री लिएर रसुवातर्फ जाने तथा फर्किने यात्रुहरू बाटोमै अलपत्र परेका छन् । पहिरोका कारण सवारीसाधनको आवतजावतसमेत प्रभावित भएको छ ।

हाल पहिरो पन्छाउने काम भइरहेको बताइएको छ । सडक खुलाउन सम्बन्धित निकाय तथा स्थानीय स्तरबाट प्रयास भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया