बिहीबार २५ भदौ २०८३
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बिहीबार भदौ २५, २०८३/ Thursday 09-10-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयसँगै पछिल्लो समयको विपद् व्यवस्थापनबारे छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार तथा राहतका कामलाई निरन्तरता दिइरहेको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने विषय बैठकको प्रमुख एजेन्डामध्ये रहने जनाइएको छ।

त्यसैगरी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा आवश्यक थप व्यवस्थापनका लागि सरकारले चाल्नुपर्ने कदमबारे पनि बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने निर्णय र सरकारी संयन्त्रबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा समेत मन्त्रिपरिषद्ले निर्णय लिन सक्ने बताइएको छ।

 

तपाईको प्रतिक्रिया