काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको सरकारलाई दमनकारी, पीडक, जनविरोधी र अत्याचारीको संज्ञा दिएका छन्।
नेपाल पत्रकार महासंघ र छापा माध्यम बचाऊ सुझाव कार्यदलले सञ्चारमाध्यममा देखिएको संकटबारे बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै ओलीले सञ्चारमाध्यममाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए।
उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको भन्दै सञ्चारमाध्यम कमजोर पार्ने प्रयासले लोकतन्त्र नै कमजोर हुने दाबी गरे।
छापा माध्यमसहित समग्र सञ्चार क्षेत्रको संरक्षणका लागि एमालेले आवश्यक सहयोग र समर्थन गर्ने ओलीको भनाइ थियो। उनले जनताको आवाज दबाउने र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयास लामो समय टिक्न नसक्ने पनि बताए।
तपाईको प्रतिक्रिया