मंगलबार ३० भदौ २०८३
समाज

अपहरणमा परेका १५ महिने बालक दुई सातापछि सकुशल उद्धार

मंगलबार भदौ ३०, २०८३/ Tuesday 09-15-26

काठमाडौं । धनुषाको विदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

भदौ १८ गते विदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त अपहरणमा परेका थिए। प्रहरीले गएराति विदेह नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट बालकलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार बालकलाई छाडेर भाग्न खोजिरहेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको छ। बालक अपहरणमा परेको सूचना प्राप्त भएपछि तालिमप्राप्त कुकुरसहित परिचालन भएको प्रहरी टोलीले खोजी गर्ने क्रममा बालकलाई राखिएको स्थान पत्ता लगाएको थियो।

प्रहरी टोली पुगेपछि बालकलाई छाडेर भाग्न खोजेकी पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेकी महिलामाथि अपहरणसम्बन्धी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया