काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सल्ले सुकौरामा हेटौँडाबाट काठमाडौं आउँदै गरेको विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब २ बजे भएको दुर्घटनामा ८ जना सवार गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो। चार जनाको घटनास्थलमै मृत्यु भएको र चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएकामध्ये एक जनालाई हेटौँडा अस्पताल पठाइएको छ भने अन्यलाई काठमाडौं लगिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया