काठमाडौं । मुगु जिल्लाको कलाई क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुईपटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा कलाई आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसपछि बिहान ४ बजेर २८ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।
यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
तपाईको प्रतिक्रिया