बुधबार ३१ भदौ २०८३
राजनीति

भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात रहेको छ।

कोषमा रहेको रकममध्ये नौ वटा वाणिज्य बैंकका खातामा १० अर्ब ८ करोड ४३ लाख ८ हजार ५१७ रुपैयाँ रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकमा २ करोड ३६ लाख १२ हजार ५९६ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कोषबाट यसअघि नै १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निकासा भइसकेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रमा पूर्वाधार पुनर्निर्माण तथा नागरिकको पुनर्स्थापनाका लागि आवश्यक स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया