बुधबार ३१ भदौ २०८३
राजनीति

रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्रबारे छलफल

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुनेछ।

यसअघि रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपाले भदौ ११ र १६ गते पनि सर्वदलीय बैठक आयोजना गरेको थियो। बाढीबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा ती बैठकमा छलफल भएको थियो।

भदौ १६ गतेको बैठकमा विभिन्न दलका दोस्रो तहका नेताहरू सहभागी भएका थिए। आजको बैठकमा पनि विपद्बाट सिर्जित समस्या समाधान तथा आगामी व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ। 

 

तपाईको प्रतिक्रिया