शनिबार ३ असोज २०८३
समाज

त्रिशूली–१ को अडिट–३ सुरुङबाट ६ वटा शव निकालियो

शुक्रबार असोज २, २०८३/ Friday 09-18-26

रसुवा । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट उद्धार टोलीले ६ वटा शव बाहिर निकालेको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि तयार पारिएको डन्डीको जालीको भित्री भागमा अड्किएको अवस्थामा शवहरू फेला पारेको हो।

सुरुङभित्रबाट शव निकाल्न उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणलगायतका सामग्री प्रयोग गरेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी ६ वटै शव सुरुङबाहिर ल्याइएको टोलीको भनाइ छ।

उद्धारका क्रममा सुरुङभित्र हिलोले ढाकिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको बताइएको छ। सो क्षेत्रमा थप खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको उद्धार टोलीले जनाएको छ।

तपाईको प्रतिक्रिया