शनिबार ३ असोज २०८३
समाज

टुँडिखेलमा संविधान दिवसको विशेष समारोह

शनिबार असोज ३, २०८३/ Saturday 09-19-26

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ।

२०७२ असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता तथा मौलिक हकसहितको नेपालको संविधान जारी भएको थियो। त्यसयता हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका छन्।

संविधान दिवसका अवसरमा प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा शैक्षिक संस्थाहरूले पनि विविध कार्यक्रम आयोजना गरेका छन्।

 

तपाईको प्रतिक्रिया