काठमाडौं । सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न विभिन्न व्यक्तिहरूको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा अनुभव, विज्ञता, अध्ययन–अनुसन्धान तथा नेतृत्व क्षमता हासिल गरेका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारले सिफारिस गरेका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित देशबाट अग्रिमो (स्वीकृति) मागिनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकका लागि राजदूत नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापा छन्।
त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई सिफारिस गरिएको छ।
जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि प्रस्तावित गरिएको छ।
प्रस्तावित राजदूतहरूको सूची
- डा. निश्चलनाथ पाण्डे — भारत
- डा. कल्याणराज शर्मा — चीन
- चिरनजंग थापा — संयुक्त राज्य अमेरिका
- गौरव शम्शेर जंगबहादुर राणा — संयुक्त अधिराज्य (यूके)
- जिग्यान कुमार थापा — जापान
- सुरेशकुमार कर्ण — इजरायल
- प्राप्ति शेरचन — स्पेन
- शरू जोशी — जर्मनी
- डा. पद्माक्षी राणा — ओमान
- चूडामणि खरेल — मलेसिया
- प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरिया
- डा. मंचला झा — श्रीलंका
- गिरीबहादुर सुनार — साउदी अरेबिया
राजदूत नियुक्तिको अन्तिम प्रक्रिया भने संसदीय सुनुवाइ, सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्ति र राष्ट्रपतिको नियुक्तिपछि पूरा हुनेछ।
तपाईको प्रतिक्रिया