कांग्रेसको वडा अधिवेशन आजदेखि, असोज १६ देखि केन्द्रीय महाधिवेशन
काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया आजदेखि सुरु भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि देशभर वडा अधिवेशन हुँदैछ।
वडा अधिवेशनबाट सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्। विधानअनुसार वडा सभापतिले वडासदस्यसमेत मनोनयन गर्न पाउने व्यवस्था छ।
वडा समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ। साथै समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिनुपर्नेछ।
वडा अधिवेशनबाट आगामी क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन्। कांग्रेसको कार्यतालिकाअनुसार असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ।
केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुने कांग्रेसले जनाएको छ।
तपाईको प्रतिक्रिया