राजनीति
संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन
शनिबार असोज ३, २०८३/ Saturday 09-19-26
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न तथा देशमा सुशासन कायम गर्न सरकार स्पष्ट रहेको बताए।
उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसको कार्यान्वयन गर्ने नेतृत्व इमानदार नभए संविधान कागजमा मात्र सीमित हुने धारणा राखे।
प्रधानमन्त्री शाहले सुशासनलाई नारामा मात्र सीमित नगरी व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताए। सरकार सुशासन कायम गर्ने दिशामा काम गरिरहेको उनको भनाइ छ।
देश रूपान्तरणका लागि पुरानै कार्यशैली र परिपाटीबाट अघि बढ्न नसकिने उल्लेख गर्दै उनले नयाँ सोच र कार्यशैली आवश्यक रहेको बताए।
तपाईको प्रतिक्रिया