सोमबार ५ असोज २०८३
राजनीति

एमाले सचिवालय बैठक सुरु

आइतबार असोज ४, २०८३/ Sunday 09-20-26

काठमाडौं नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक अहिले च्यासलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको हो।

दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक एमाले पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरी करिब ४ः३० बजे सुरु भएको हो।

पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमा अध्यक्ष ओलीको राजीनामा र विशेष महाधिवेशनको विषय समेट्ने वा नसमेट्ने विषयमा एमालेभित्र मतभेद देखिएको थियो। तर, सचिव महेश बस्नेतका अनुसार यी दुवै विषयलाई पुनर्गठन प्रतिवेदनमा समावेश नगर्ने सहमति भएको छ।

हाल जारी सचिवालय बैठकमा पुनर्गठनसम्बन्धी विषयसहित पार्टीका समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया