जुम्ला । रसुवाको भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका जुम्लाका नागरिकको पहिचान गर्न आफन्तबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालका अनुसार पातारासी गाउँपालिकाका ३३ जना र गुठीचौर गाउँपालिकाका ६ जना बेपत्ता व्यक्तिका आफन्तको डीएनए नमुना संकलन गरिएको हो। संकलित नमुना ललितपुरस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमइका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीको सहयोगमा आफन्तहरूको रगतको नमुना लिइएको हो। उनका अनुसार संकलन गरिएका ३९ वटा नमुनाको डीएनए परीक्षण सम्पन्न भइसकेको छ भने बाँकी आफन्तको नमुना काठमाडौंमै संकलन गरिएको जानकारी प्राप्त भएको छ।
डीएनए नमुनाबाट प्रोफाइल तयार गरी फेला परेका शवसँग मिलान गरिनेछ। पहिचान खुलेपछि सम्बन्धित शव परिवारलाई जिम्मा लगाइने बताइएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका ९३ जना नागरिक सम्पर्कविहीन भएका थिए। तीमध्ये हालसम्म ३० जना परिवार तथा आफन्तको सम्पर्कमा आइसकेका छन् भने ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको
तपाईको प्रतिक्रिया