समाज
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
सोमबार असोज ५, २०८३/ Monday 09-21-26
काठमाडौँ । चीन सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सहयोग रकमको चेक शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरेका हुन्।
चेक बुझ्दै मन्त्री पोखरेलले विपद्का बेला चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल र चीनबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।
राजदूत चाङले बाढीका कारण प्रभावित भएका बालबालिकालाई प्रत्यक्ष रूपमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको बताए।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बालबालिकाको आवश्यकता सम्बोधन गर्न चिनियाँ सरकारबाट प्राप्त सहयोग उपयोग गरिने जनाइएको छ।
तपाईको प्रतिक्रिया