बुधबार ७ असोज २०८३
समाज

त्रिपुरेश्वर बस आगलागीमा गम्भीर घाइते चालकको मृत्यु

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सडक छेउमा रोकिराखिएको बसमा सोमबार आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार सोमबार मुलपानीबाट थानकोटतर्फ जाँदै गरेको उक्त बसमा आगलागी भएको थियो। दमकलको सहयोगमा तत्काल आगो नियन्त्रणमा लिए पनि चालकको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनलाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार चालक आफैँले बसमा आगो लगाएको देखिएको छ। घटनाअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया