बुधबार ७ असोज २०८३
राजनीति

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल आज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजमार्फत न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हो।

प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

 

तपाईको प्रतिक्रिया