बुधबार ७ असोज २०८३
राजनीति

अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्किने तालिका रहेको छ।

 

तपाईको प्रतिक्रिया