बुधबार ७ असोज २०८३
अर्थ

प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि सहयोग जुटाउने क्रम जारी रहँदा सरकारी राहत तथा उद्धार कोषमा १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत नौ वटा वाणिज्य बैंकमा रहेका खातामा मात्रै ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ जम्मा भएको छ।

यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।

सबै खातामा रहेको रकमलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कुल मौज्दात १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको छ।

सरकारले कोषमा जम्मा भएको रकममध्ये बाढीबाट प्रभावित क्षेत्रका लागि यसअघि नै १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न माध्यमबाट आर्थिक सहयोग संकलन भइरहेको छ।

तपाईको प्रतिक्रिया