बुधबार ७ असोज २०८३
राजनीति

न्युयोर्कमा नेपाल–भारत परराष्ट्रमन्त्रीबीच भेटवार्ता

बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच अमेरिकाको न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा बुधबार भएको भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय नागरिकले देखाएको ऐक्यबद्धताका साथै उपलब्ध गराएको उद्धार तथा राहत सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।

भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष, द्विपक्षीय हित तथा दुई देशबीच भएका सम्झौताको कार्यान्वयन र प्रगतिबारे छलफल भएको बताइएको छ।

दुवै पक्षले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै विकास सहकार्यका क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा समेत विचारविमर्श गरेका छन्।

 

तपाईको प्रतिक्रिया