बुधबार ७ असोज २०८३
खेलकुद

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ।

कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई कास्य पदक दिलाएका हुन्। जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहको कास्य पदक भिडन्तमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे।

यससँगै नेपालले जारी प्रतियोगितामा पहिलो पदक हात पारेको हो।

तेन्जिङ सेमिफाइनलमा भने इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। 

 

तपाईको प्रतिक्रिया